१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चिराइतोले बजार नपाउँदा किसान चिन्तित


0
Shares

रसुवा, पुस १ । रसुवामा उत्पादित जडिबुटी चिराईतोले बजार नपाउँदा किसान चिन्तित बनेका छन् ।

चिराइतो खरिदका लागि जिल्लामा यस वर्ष सीमितमात्रै व्यापारी पुगेका छन् । उनीहरुले पनि विगतको वर्षको जस्तो मूल्य नदिएपछि किसान चिन्तित भएका हुन् ।

गतवर्ष प्रतिकिलो ४ सय ६५ रुपैयाँमा चिराइतो बिक्री गरेका कृषकले यस वर्ष ३ सय ५० रुपैयाँमात्र पाउने भएपछि घरमै थन्काएर राखेका छन् ।

जिल्लामा अघिल्लो वर्ष २ करोड २० लाख रुपैयाँ बराबरको ५५ हजार किलो चिराईतो बिक्री भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

आलु तथा कोदो बाली हुने जग्गामा लगाइएको बाली लामो समयपछि उत्पादन गरेर उचित भाउ नपाउँदा किसान मर्कामा परेका छन् । जिल्ला कृषि वन प्रतिष्ठान तथा जिल्ला कृषि विकास कार्यालय रसुवाले साना सिंचाईको ब्यवस्था गरेपछि बर्सेनि चिराइतोको उत्पादन भने बढ्दै गएको छ ।