
धादिङ, पुस १ । कच्चा पदार्थको अभाव भएसँगै धादिङको आरुघाटमा सञ्चालित नेपाली कागज उद्योग संकटमा परेको छ ।
नेपाली कागज उत्पादनमा प्रयोग हुने लोक्ताको व्यवसायिक खेती हुन नसक्दा र जंगलमा समेत पाउन छोडेपछि उद्योग नै संकटमा पर्न थालेको हो ।
नेपाली कागजको माग नघटे पनि कच्चा पदार्थ नहुँदा उत्पादन बढाउन नसकिएको उद्योगका सञ्चालक सानुकाजी श्रेष्ठ बताउँछन् ।
२०४१ सालबाट गोरखा आरुचनौटेमा मनास्लु कागज उद्योग सञ्चालन गर्दै आएका श्रेष्ठले अहिले धादिङको आरुघाटमा श्रेष्ठ नेपाली कागज उद्योग सञ्चालन गर्दै आएका छन् ।
कर्मचारीको तलवमा मात्र वार्षिक ३४ लाख र लोक्ता खरिदमा ३० लाख खर्च हुने श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्