Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कांग्रेसको अन्तिम बिन्दु धार्मिक स्वतन्त्रता नै हो: महामन्त्री कोइराला


0
Shares

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमत संग्रह गर्न सकिने फेरि दोहोर्‍याएका छन् ।

नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आज गरेको पत्रकार सम्मेलनमा उनले हिन्दू राष्ट्रका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको भन्दै जनमत संग्रहको विषय उठाएका हुन् ।

कांग्रेस महामन्त्री कोइरालाले कांग्रेसको अन्तिम विन्दु धार्मिक स्वतन्त्रता नै रहेकोे समेत स्पष्ट पारे ।

हिजो मात्र उनले संघीयता र गणतन्त्रबारे जनमत संग्रहको माग आए कांग्रेस त्यसका लागि तयार रहेको बताएका थिए ।