Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


उत्तर कोरियाको परमाणु हतियारको निशानामा अमेरिका र युरोप रहेको दाबी


0
Shares

सोल, पुस ३ । दक्षिण कोरियाली एक अधिकारीले उत्तर कोरियाको परमाणु हतियारको निशानामा अमेरिका र युरोप रहेको दाबी गरेका छन् ।

उत्तर कोरियाली क्षेप्यास्त्रको मारक क्षमता केही हजार किलोमिटरमात्र रहेको चर्चा चलिरहँदा दक्षिण कोरियाका उत्तर कोरियाली परमाणु मामला ब्यूरोका महानिर्देशक ली साङ्ग हउले यस्तो भ्रममा नरहन सचेत तुल्याएका हुन् ।

उनले भनेका छन्, ‘अमेरिकाका अतिरिक्त युरोप पनि उत्तर कोरियाको निशानामा छ, नेटोका गठबन्धन राष्ट्रहरुसमेतलाई उत्तर कोरियाली परमाणु हतियारले निशाना बनाउने सामर्थ्र्य राख्छ ।’

उत्तर कोरियाको ‘केएन–०८’ क्षेप्यास्त्र अझै परिमार्जन भइरहेको छ, जसले १२ हजार किलोमिटरको रेन्जमा प्रहार गर्न सक्छ । यसले समग्र युरोपलाई सजिलै निशाना बनाउन सक्ने उनको भनाइ छ । (एजेन्सी)