
कञ्चनपुर, पुस ३ । कञ्चनपुरको एक बृद्धाश्रममै च्याउ खेती शुरु गरिएको छ ।
भिमदत्त नगरपालिकास्थित महिला तथा बृद्ध सेवाकेन्द्रमा बृद्धाश्रमको आर्थिक उन्नती र विकासका लागि च्याउ खेती थालिएको हो ।
जिल्ला कृषि विकास कार्यालयको सहयोगमा बृद्धाश्रममा रहेका बृद्धबृद्धा र हिंसापीडित महिलाले च्याउ खेती गर्न थालेका हुन् । बृद्धाश्रममा खाली रहेका कोठामा १ सय ५० वटा पोकामा च्याउको बीउ राखिएको हो ।
च्याउ खेतीबाट आर्जित रकमले केही भए पनि सहयोग पुग्ने बृद्धाश्रमकी अध्यक्ष शारदा चन्दले बताइन् ।
२०६२ सालदेखि संचालित बृद्धाश्रममा अहिले ६२ जना बृद्धबृद्धा र हिंसापीडित महिला बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्