२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


पोल्याण्डमा प्रेस स्वतन्त्रताको माग गर्दै प्रदर्शन


0
Shares

पोल्याण्ड, पुस ३ । पोल्याण्डको राजधानी वार्सामा प्रेस स्वतन्त्रताको माग गर्दै फेरि प्रदर्शन शुरु भएको छ ।

संसदीय गतिविधिको रिपोर्टिङमा सीमित पत्रकारलाई अनुमति दिने सरकारी योजनाविरुद्ध राष्ट्रपतीय भवनमा जम्मा भएका प्रदर्शनकारी संसद भवनतर्फ अगाडि बढेका थिए । संसदभित्र पनि विपक्षी सांसदहरुले शुक्रबारदेखि विरोध गरिरहेका छन् ।

पोलिस प्रधानमन्त्री वियटा ज्योड्लोले टेलिभिजन सम्बोधनमार्फत विपक्षी सांसदको कदम निन्दनीय भएको बताएका थिए । मानिसहरु विरोध गर्न स्वतन्त्र भए पनि अरुको विचारको पनि सम्मान गर्नु पर्ने उनको भनाइ थियो ।

पोलिस सरकारले सीमित पत्रकारलाई मात्र संसदीय गतिविधिको रिपोर्टिङ गर्न दिने योजना अगाडि सारेको छ । तर विपक्षी सांसदहरुले भने सरकारले प्रेस स्वतन्त्रतामाथि दमन गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

यूरोपियन परिषद्का अध्यक्ष एवं पूर्व पोलिस प्रधानमन्त्री डोनाल्ड टस्कले पोलिस सरकारको कदमको आलोचना गर्दै सञ्चारमाध्यममाथिको अंकुशले प्रजातन्त्र, तानाशाही व्यवस्थामा परिणत हुने बताएका छन् । (एजेन्सी)