 
	    काठमाडौं, पुस ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रत्येकमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसाका दरले भाउ बढाएको हो । अब ९७ रुपैयाँको पेट्रोललाई १०१ रुपैयाँ ५० पैसा पर्ने छ भने डिजेल र मट्टितेल दुबैलाई प्रतिलिटर ७७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ रहेको छ ।
भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गर्दा मूल्य बढेको आयल निगमले जनाएको छ । ओपेकले जनवरीदेखि कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको असर देखिएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्