जोर्डनमा बन्दुकधारीद्वारा हमला, दशजनाको मृत्यु « Image Khabar


जोर्डनमा बन्दुकधारीद्वारा हमला, दशजनाको मृत्यु


Imagekhabar
४ पुष २०७३, सोमबार ०८:११

जोर्डन, पुस ४ । जोर्डनको ऐतिहासिक शहर कारकमा अज्ञात बन्दुकधारीले विभिन्न स्थानमा गरेको आक्रमणमा दश जना मारिएका छन् । मारिनेमा सात प्रहरी अधिकारीसहित एक क्यानाडेली पर्यटकसमेत छन् ।

आक्रमणमा २७ जनाभन्दा बढी घाईते भएका छन् । बन्दुकधारीले पर्यटन स्थल क्रुसेडर्स कासलमा अन्धाधुन्ध आक्रमण गरेका थिए ।

सुरक्षा कारवाहीमा चारजना बन्दुकधारी पनि मारिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । बन्दुकधारीहरुसँग विष्फोटक पदार्थ, हतियार र आत्मघाती पेटीसमेत रहेको प्रहरीले जनाएको छ ।

बन्दुकधारीको पहिचान खुलेको छैन । जोर्डन इस्लामिक अतिवाद समुह आईएसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धन सेनाको सहयोगी हो । अमेरिकाले सिरियाली विद्रोहीको एक समुहलाई जोर्डनमा प्रशिक्षण दिएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्