२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सभामुखको पहलमा भएको तीनदलको बैठक निष्कर्षविहीन


0
Shares

संसद सचिवालय सिंहदरबारमा सभामुखसहित बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा नेताहरुले आ–आफ्नो अडान राखेपछि निष्कर्षविहीन भएको हो ।

बैठकमा सत्तारुढ दलहरुले संसदको आजको कार्यसूचीमा स्थानीय तह निर्वाचन कानुनहरु र संविधान संशोधन प्रस्ताव हुने बताएका थिए ।

तर एमालेले त्यसलाई स्विकार गर्न नसकिने र संसद अवरोध कायम नै गर्ने अडान बैठकमा लिएको थियो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सत्तारुढ दलका नेताहरुले संविधान संसोधन र निर्वाचन कानुहरुका विषयमा प्याकेजमै सहमति खोज्ने र छलफललाई निरन्तरता दिने कुरा भएको बताए ।

तर विपक्षी एमालेका नेताहरुले भने संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए ।