२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


भारतका कारागारमा चरम यातना, पाँच बर्षमा ६ सय कैदीको मृत्यु


0
Shares

मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले सार्वजनिक गरेको १ सय १४ पृष्ठको तथ्यांकमा भारतका विभिन्न कारागारमा रहेका कैदी बन्दीलाई चरम यातना दिई मारेको उल्लेख छ ।

यद्यपी, भारतीय प्रहरीले भने कुनै पनि कैदीबन्दीको मृत्यु बिरामी, आत्महत्या र दुर्घटनाका कारण हुने गरेको भन्दै तथ्यांकलाई आधारहीन भएको प्रतिक्रिया दिएको छ ।

यता मानवअधिकार संस्थाले भने कैदीबन्दीका परिवारसँगको लामो समयदेखि गरेको कुराकानी र प्रमाणका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ ।

तथ्यांकमा सन् २०१५ मा कारागारमा रहेका ९७ जना कैदी बन्दीको चरम यातनाकै कारण मृत्यु भएको उल्लेख छ । (एजेन्सी)