दाहालले ओलीलाई ‘के गर्नुहुन्छ ?’ भनेपछि …. « Image Khabar


दाहालले ओलीलाई ‘के गर्नुहुन्छ ?’ भनेपछि ….


Imagekhabar
५ पुष २०७३, मंगलवार ०६:५५

सभामुख घर्तीले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग संविधान संशोधनलगायतका विषयमा सके सहमति, नभए पनि प्रक्रियामा सहमति खोजेर जारी अवरोध खुलाउन आग्रह गरेकी हुन् ।

छलफलमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरु अडानमै रहेपछि सभामुखले सहमतिका लागि तीन दिनको समय दिएको माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले जानकारी दिए।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने – ‘संविधान संशोधन फिर्ता नलिएसम्म हामी संसद चल्न दिन्नौं, संविधान संशोधन विधेयक फिर्ता हुनैपर्छ भन्ने हाम्रो अडान हो ।’

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘निरन्तर संसदको अवरोध रहन सक्दैन । अब आजकै बैठकमा संशोधन विधेयक कार्यसूचीमा राखेर अगाडि बढ्न हामी सभामुखलाई आग्रह गर्छौं ।’

ओलीले फेरि भने, ‘आज कार्यसूचीमा नराख्नुहोस् ।’

प्रधानमन्त्री दाहालले भने, ‘कार्यसूचीमा राखेरै जाने हो अब । के गर्नु हुन्छ ?’

जवाफमा ओलीले भने, ‘अहिले संसदमा हामीले विरोधमात्र गरेका छौं, जबर्जस्ती गर्न खोज्नुभयो भने हामी पनि अहिलेको विरोधबाट एक स्टेप अगाडि जान्छौं । सभामुखजीले आफ्नो स्वविवेक प्रयोग गर्नुस् यसमा ।’ –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्