युवा संघ रुपन्देही अध्यक्षको हत्या विरोधमा बन्द आह्वान, विहानैदेखि प्रदर्शन « Image Khabar


युवा संघ रुपन्देही अध्यक्षको हत्या विरोधमा बन्द आह्वान, विहानैदेखि प्रदर्शन


Imagekhabar
५ पुष २०७३, मंगलवार ०८:३५

युवा संघले गरेको बन्द आह्वानले लुम्बिनी अञ्चलका ६ वटै जिल्ला प्रभावित भएका छन् । बुटवल, भैरहवालगायतका प्रमुख शहरहरुमा युवा संघका कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरेका छन् ।

उनीहरुले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । बन्दका कारण रुपन्देहीसहित ६ वटै जिल्लाका शिक्षण संस्थान, उद्योग कलकारखाना ठप्प भएका छन् ।

प्रदर्शनकारीले बुटवल चौराहको प्रहरी बीटमा आगजनीसमेत गरेका छन् । रुपन्देहीको देवदह नगरपालिका–६ स्थित खैरनी बजारमा सोमबार दिउँसो साढे तीन बजे तिवारीमाथि गोली प्रहार भएको हो ।

रातो पल्सर मोटरसाइकलमा गएका दुई जनाले तिवारीमाथि गोली हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । गोली हान्नेहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्