१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


२० दिनपछि खुलेको गुल्मी फेरि बन्द, पाल्पा ठप्प


0
Shares

युवा सघं नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले मंगलबार फेरि गुल्मी बन्द आह्वान गरेको हो ।

बन्दकर्ताहरुले बिहानैदेखि सदरमुकाम तम्घासमा प्रदर्शन गरिरहेका छन् । बन्दका कारण बिहानैदेखि जिल्लाका पसल, उद्योग, कलकारखाना, शिक्षण संस्था र व्यापार व्यवसाय ठप्प भएका छन् ।

यता, तिवारीकै हत्याको विरोधमा पाल्पा जिल्ला पनि बन्द गरिएको छ । युवासंघ र अनेरास्ववियु पाल्पाले सरकार प्रहरी प्रशासनबाट हत्याको घटनालाई अन्यत्र मोडी घटनालाई कमजोर बनाउन खोजेको भन्दै घोर भर्सना गरेका छन् ।

लामो समयको निरन्तर बन्द पछी एक दिन मात्र राहत महशुस गरेका पाल्पाली जनताले पुनः बन्द खेप्नु पर्दा निराश देखिएका छन् ।