
राष्ट्रपतीय निर्वाचनमा विजयी भएको ६ हप्तापछि रिपब्लिकन नेता ट्रम्पले आवश्यक २७० इलेक्टोरल मत पार गरेपछि उनको जितले औपचारिकता पाएको हो ।
ट्रम्पले ३०४ र उनकी प्रतिस्पर्धी हिलारी क्लिन्टनले २२७ इलेक्टोरल मत पाएकी छन् ।
मत परिणामपछि ट्रम्पले मुलुकलाई एकताबद्ध गर्न कडा मिहिनेत गर्ने र सबै अमेरिकीको राष्ट्रपति बन्ने प्रतिबद्धता व्यक्त गरे ।
मतपरिणामको औपचारिक घोषणा भने जनवरी ६ मा कंग्रेसको संयुक्त बैठकमा घोषणा गरिने छ ।
इलोक्टोरल मतदानमा विजयी हुने उम्मेदवार नै अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान रहेको छ ।
इलेक्टोरहरुलाई ठूलो संख्यामा आएका इमेल र फोनहरुबाट अर्बपति ट्रम्पलाई समर्थन नगर्न आग्रह गरिएको थियो ।
लाखौं अमेरिकीले अनलाइनमार्फत् ओभल अफिसमा ट्रम्प अनुपयुक्त रहेको जिकिर गरेका थिए । विभिन्न राज्यहरुमा ट्रम्पविरुद्ध प्रदर्शनसमेत भएको छ ।
अमेरिकामा राज्यहरुको जनसंख्याको आधारमा इलेक्टोरल मतदाता निर्धारण हुन्छ ।
इलेक्टोरल मतदानमा छानिएका ५ सय ३८ व्यक्तिलेमात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्