२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


क्यान्सर अस्पताललाई नै लाग्यो ‘क्यान्सर’


0
Shares

व्यवस्थापकीय हिसाबले अस्पताल अधोगतिमा लागेको उजुरी र गुनासोपछि स्वास्थ्य मन्त्रालयले बनाएको उच्चस्तरीय छानविन टोलीले अनियमितता भएको ठहर गरेको हो ।

टोलीको प्रतिवेदन आउनेबित्तिकै स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण सोधिसकेका छन् ।

छानबिन क्रममा टोलीले आर्थिक रुपमा वार्षिक बजेटभन्दा बढी र स्रोत नै सुनिश्चित नभई २६ करोड रुपैयाँभन्दा बढी खर्च भएको देखाएको तर करोडौं मूल्यका उपकरण खरिद प्रक्रियामा आपसी विवादका कारण अड्किएको जनाएको छ ।

समितिले चीन सरकारले सहयोगस्वरुप दिएको २७ करोड बराबरको उपकरण प्राप्त भएपछि हालसम्म त्यसको प्याकसमेत नखोली जडानमा चासै नदिएको समेत औंल्याएको छ । –नागरिक दैनिकबाट