आइएसद्वारा लरी आक्रमणको जिम्मेवारी, लरी चालक मृत भेटिए « Image Khabar


आइएसद्वारा लरी आक्रमणको जिम्मेवारी, लरी चालक मृत भेटिए


Imagekhabar
६ पुष २०७३, बुधबार ०७:०३

आईएसले अन्तर्राष्ट्रिय गठबन्धनका सदस्य राष्ट्रका नागरिकमाथि आक्रमण गर्न गरिएको अपीलअन्तर्गत आफ्ना लडाकुले लरी आक्रमण गरेको जनाएको छ ।

क्रिसमस बजारमा जानाजान जथाभावी लरी गुडाउँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

यसअघि आक्रमणमा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिलाई भने छोडिएको छ । अधिकारीहरुले आक्रमणमा धेरै जनाको संलग्नता रहेको आशंका व्यक्त गरेका छन् ।

लरीका बास्तविक चालक पोलिस नागरिक लुकाच उर्वान यात्रु सिटमा मृत भेटिएका छन् । उनलाई आक्रमणकारीले गोली हानी हत्या गरेको अनुमान गरिएको छ ।

जर्मन चान्सलर एंगेला मर्केलले मारिएकाहरुप्रति श्रद्धाञ्जली दिँदै आक्रमणमा संलग्नलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्