एमाले संघीयताविरोधी : गृहमन्त्री « Image Khabar


एमाले संघीयताविरोधी : गृहमन्त्री


Imagekhabar
६ पुष २०७३, बुधबार १७:०५

बुधबार गुल्मीमा आयोजित कार्यक्रममा उनले सरकारले संसद–सचिवालयमा दर्ता गरेको संविधान संशोधनको विरोध नगर्न आफ्ना नेता–कार्यकर्तालाई आग्रह गरेका हुन् ।

मन्त्री निधिले नेकपा एमाले संघीयताविरोधी पार्टी भएको र झुटको खेती गरेको भन्दै एमालेको पछि नलाग्न आग्रह गरे ।

तर, रक्षामन्त्री बालकृष्ण खाँणले भने सीमांकन संशोधनप्रति जनताको असहमति आउनु स्वाभाविक भएको भन्दै ‘पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट हटाउनु पनि जनताकै हितका लागि हो’–भने ।

५ नम्बर प्रदेश विभाजनविरुद्ध गुल्मीमा सबैभन्दा लामो बन्द भएको छ भने स्थानीय बासिन्दाले कुनैपनि हालतमा विभाजन नमान्ने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्