
अल बब शहरमा भएको संघर्षमा उनीहरु मारिएको टर्कीले जनाएको हो । अल बब शहरलाई विद्रोहीको नियन्त्रणबाट मुक्त गराउन टर्कीले सघाइरहेको छ ।
अरु ३३ सैनिक घाइते भएका छन् । आइएसविरुद्ध अगष्टमा सैनिक कारवाहीमा उत्रिए यता एकै दिनमा यति धेरै आफ्ना सैनिक मारिएको टर्कीले जनाएको छ ।
आइएस लडाकूले बहुआत्मघाती बम प्रयोग गरेको घटनामा आइएसका भने १३८ लडाकू मारिएको पनि सैनिकले जनाएको छ ।
उता एलेप्पो शहर भने पूर्ण रुपमा सरकारी नियन्त्रण आएको छ । अबको गर या मरको संघर्ष भने अब बाब शहरमा केन्द्रित रहेको सिरियन सरकारले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्