
स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार घटनामा मारिनेमा दुई बालबालिका पनि छन् ।
तीन जना बन्दुकधारीले हेलमन्द प्रान्तका सांसद मीर वालीको घरमा आक्रमण गरेका थिए । सांसद वाली भने घरबाट सुरक्षित निस्किएका छन् ।
आक्रमणमा अरु केही घाइते भएका छन् । सन् २०१४ मा अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फर्किएपछि हेलमन्द प्रान्तका धेरै क्षेत्रमा तालिबानी आक्रमण बढेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्