
-बासुदेव बर्मा/ईमेज
कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–६ पिपरीमा एक बृद्धको हत्या भएको छ ।
शिवराज नगरपालिका ६ पिपरी बस्ने बर्ष ७० का त्रिवेणी यादवको हत्या भएको हो । गएराती करिब ३ बजेतिर त्रिवेणीको हत्या भएको आशंका गरिएको छ ।
पिपरी घर भएका त्रिवेणी केही बर्ष देखी पिपरी चोकमा रहेको गणपती पेट्रोल पम्प अगाडी विरपुर स्वास्थ्य चौकी नजिकै घर बनाई बस्दै आएका थिए । त्रिवेणीको टाउको र अनुहारमा इटा प्रहार गरी हत्या गरिएको छ ।
आफ्नै ओछ्यानमा सुती रहेको अवास्थामा उनीमाथी इटा प्रहार गरी विभत्स हत्या गरिएको हो । त्रिवेणीको शब नजिकै अवधी भाषा लेखिएको एक पत्र पनि भेटिएको छ ।
पत्रमा आर्थिक लेनदेनको विषय रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्ययले जानकारी दिए ।
आज विहान स्थानिय छेदी चौधरीले उनको हत्याभएको देखिपछी प्रहरीलाई खबर गरेका थिए ।
हत्याबारे अनुसान्धन भैरहेको प्रहरीले जनाएको छ । हत्यको विषयमा सत्य तथ्य अनुसान्धन गरी दोषीलाई पक्राउ गरी कडा कार्वाही गर्न उनका परिवारले माग गरेका छन ।
प्रतिक्रिया दिनुहोस्