५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024


नेकपा सचिवालय बैठकः नियमावली बनाउन कार्यदल गठन


0
Shares

काठमाडौं, असार २३ । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नियमावली बनाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले स्थायी समितिमा प्राप्त भएका सुझावलाई समेटर नियमावली बनाउन कार्यदल गठन गरेको हो ।

बामदेव गौतम, विष्णु पौडेल र रामबहादुर थापा रहेको तीन सदस्यीय कार्यदललाई नियमावली बनाउन तीन दिनको समय दिइएको छ ।

कार्यदलले दिएका सुझावलाई समेटेर नियमावली प्रकाशन गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यदलले तयार पारेको नियमावलीलाई यही असार २६ गते बस्ने स्थायी समितिको बैठकले अन्तिम रुप दिने छ ।

बैठकमा समसामयिक राजनीतिक र सांगठनिक विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।