
पूर्ण आकारको मैदान नहुँदा समस्यामा परेका फुटबलप्रेमीहरु खेल मैदान निर्माणसँगै खुसी भएका छन् । राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै आएको खेल मैदान यसअघि ‘नाइन–ए–साइड’ को थियो ।
यही पुस १२ गतेदेखि हुने २५ औं त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताबाट ‘इलेभेन–ए–साइड’ मा खेल सञ्चालन गरिने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बस्नेतले यस वर्ष ७० लाख रुपैयाँ बराबरको करिब २० आना जग्गा थप खरिद गरेर खेल मैदान फराकिलो बनाएको बताए ।
खेल मैदान विस्तारका लागि बेशीशहर नगरपालिका, त्रिवेणी युवा क्लबले पनि सहयोग गरेका छन् । खेल मैदानको लम्बाई १ सय मिटर र चौडाई ६० मिटरको छ ।
गत भदौमा आयोजित महायज्ञबाट करिब १ करोड रुपैयाँ आर्जन गरी खेल मैदान विस्तार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्