Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कांग्रेसमा अधिकारीको संयोजकत्वमा निर्वाचन र लेखकको संयोजकत्वमा नियमावली समिति


0
Shares

काठमाडौं, चैत ५ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले राधेश्याम अधिकारीको संयोजकत्वमा निर्वाचन समिति र रमेश लेखकको संयोजकत्वममा नियमावली समिति गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यी दुई समिति बनाउने निर्णय गरेको हो ।

निर्वाचन समिति सदस्यहरुमा खमबहादुर खाती, एकराज पोखरेल, गोपाल कृष्ण घिमिरे र सीताराम केसी रहेका छन् ।

त्यस्तै, नियमावली समितिको सदस्यहरुमा ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, जीवन परियार र प्रदीप पौडेल रहेका छन् ।

अनुशासन समितिमा चौधरी र गुरुङको नाम थप

यस्तै, सोमबार गठन गरिएको पाँच सदस्यीय अनुशासन समितिमा उमाकान्त चौधरी र धनराज गुरुङको नाम थप गरिएको छ ।

कांग्रेस बैठकले सरकारलाई शासकीय योग्यता प्रस्तुत् गर्न आग्रहसमेत गरेको छ ।

निषेधको राजनीतिक छाडेर नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई वार्तामा डाकेर समस्याको समाधान खोज्न कांग्रेसले आग्रह गरेको हो ।