
लिबियाको अफ्रिक्विया एअरवेजको ए ३२० विमान अपहरण गरी माल्टामा जबर्जस्ती अवतरण गरिएको त्यहाँका प्रधानमन्त्री जोसेफ मस्कटले जनाएका छन् ।
विमानमा सवार दुईजनाले ‘विमानमा बम भएको’ भन्दै अपहरण गरेका बताइएको छ ।
विमानमा ८२ पुरुष, २८ महिला र एउटा बच्चा तथा ७ जना चालकदलका सदस्य रहेको जनाइएको छ ।
ग्रीनेड बोकेका अपहरणकारीले पहिलो र दोस्रो चरणमा गरी ६५ जना यात्रीलाई सकुशल रिहा गरेका छन् ।
पहिलो चरणमा २५ महिला तथा दोस्रो चरणमा ४० जनालाई रिहा गरिएको माल्टाका प्रधानमन्त्रीलाई उधृत गर्दै ‘डेलिमेल’ले जनाएको छ ।
‘अल अरेबिया’का दाबीअनुसार लिबियाका सांसदसमेत अपहरणमा परेका छन् ।
अपहरण के–का लागि गरिएको भन्ने अहिलेसम्म खुलेको छैन । विमानमा लिबियाली, भारतीय र पाकिस्तानी सवार रहेको जनाइएको छ ।
माल्टाका प्रधानमन्त्रीले अपहरित विमान मुक्त गराउनका लागि सुरक्षा तैनाथी तयारी अवस्थामा रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्