Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


लोकमानमाथि हातपातमा सर्बोच्च प्रशासनकै संलग्नता !


0
Shares

लोकमानको मुद्दामाथि शुक्रबार पूर्ण इजलासमा बहस सुरु हुनासाथ नेउपानेले विहीबारको घटनाबारे ध्यानाकर्षण गराउँदै अदालतकै सुरक्षा व्यवस्थामा प्रश्न उठाए ।

‘उक्त घटनामा सर्बोच्च प्रशासनकै संलग्नताको आशंका भयो,’ नेउपानेले भने, ‘सार्बोच्च प्रशासनको अनुमती नभई उनीहरु कसरी भित्र छिरेर कसरी कालो मोसो दल्न पाए ?’ लोकमानमाथि हातपात गर्ने व्यक्तिहरु अदालतमा प्रवेश गर्नेदेखि कालोमोसो दल्नेसम्मका क्रियाकलापबारेमा अदालत प्रशासनले प्रतिवेदन तयार गर्नुपर्ने भन्दै उनले त्यसभन्दा अगाडी बहस गर्न उचित नहुने तर्क गरे ।

‘प्रतिवेदन नआइ यो मुद्दामा बहस गर्न उचित छैन,’नेउपानेले भने,‘सुरक्षा हुँदा त त्यो हालत छ, नहुँदाको अवस्थामा हामीले पनि कसरी सुरक्षा महसुश गर्ने ?’ नेउपालने आपत्ती जनाउँदै इजलासमा भने,‘पत्रपत्रिका र सर्बोच्चको यो कस्तो तालमेल हो ?’
-कान्तिपुर दैनिकबाट