
निर्माण सुरु भएको तीन वर्षभित्र पुल निर्माण हुनुपर्ने भएपनि सात वर्ष बितिसकेको छ ।
२०६७ सालमा सम्झौता भइ २०७० सालमा सम्पन्न गर्ने गरी सुरु गरिएको पक्कीपुल निर्माण ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो ।
१० करोड रुपैयाँको लागतमा सम्पन्न गर्ने भनी पुल निर्माणको जिम्मेवारी महालक्ष्मी जेवी निर्माण कम्पनीले पाएको थियो । कम्पनीले पुल निर्माण गर्न ढिलाइ गरेकाले तीनपटकसम्म म्याद थप गरिएको थियो ।
पूर्वाञ्चल सडक डिभिजन कार्यालयले भने यसै वर्ष पुल निर्माणको काम सकिने जनाएको छ । ११ स्पान र १२ पिलरसहितको पुलमध्ये एक स्पान ढलाइ भएको छ भन्ने चारओटा पिलरको काम सम्पन्न हुन सकेको छैन ।
पुल निर्माण नहुँदा उदयपुरका ९ गाविससहित खोटाङ, भोजपुर, सप्तरीलगायतका जिल्लाका सर्वसाधारणलाई समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्