२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रदेश टुक्र्याउने गरी ल्याइएको संशोधन प्रस्तावले नेपालीलाई विभाजन गर्छ : ओली


0
Shares

                                                                                         फाइल फोटो
नेकपा एमाले बागलुङको आठौं जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै अध्यक्ष ओलीले संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले संशोधन प्रस्तावकाबारेमा संसदमा छलफलसमेत नहुने जिकिर गरे ।

देश र जनतालाई आघात पुर्‍याउने गरी संशोधन प्रस्ताव आएकाले त्यो एमालेलाई मान्य नहुने उनको भनाइ छ ।

अध्यक्ष ओलीले भने–‘संविधान संशोधन अहिलेको आवश्यकता होइन ।’

उनले ५ नम्बर प्रदेश टुक्र्याउने गरी ल्याइएको प्रस्तावले नेपालीलाई विभाजन गर्ने पनि बताए ।

मुलुकलाई यथाशक्य छिटो निर्वाचनमा लानुपर्ने भन्दै उनले संविधान संशोधनसँग निर्वाचनको कुनै सम्बन्ध नभएको तर्क गरे ।

‘निर्वाचन मुलुकको अहिलेको आवश्यकता हो, निर्वाचन गर्न संविधानले छेकेको छैन’–अध्यक्ष ओलीले भने–‘रुपान्तरित व्यवस्थापिका–संसदको काम निर्वाचनसम्बन्धी कानुन बनाउने हो, संविधान संशोधन गर्ने होइन ।’

अध्यक्ष ओलीले सामाजिक न्याय र समानताको बाटोबाट मुलुकलाई आर्थिक समृद्धितिर लैजानुपर्ने बताउँदै सबै नेपाली राष्ट्र निर्माणमा एकजुट हुनुपर्ने धारणा राखे ।

अध्यक्ष ओली शनिबारै बागलुङमा अवस्थित ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन गरेका थिए ।

आइतबार (भोलि) सोमबारसम्म चल्ने अधिवेशनले नेकपा एमाले बागलुङको भावी नेतृत्व चयन गर्नेछ । अधिवेशनमा जिल्लाभरबाट ५९२ जना प्रतिनिधि सहभागी छन् । रासस