२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


डोनाल्ड ट्रम्पले आफ्नो विवादास्पद परोपकारी संस्था बन्द गर्ने


0
Shares

ट्रम्पले बन्द गर्ने घोषणा गरेपनि उक्त संस्थाको काम कारवाहीबारे अनुसन्धान भइरहेकाले बन्द गर्न नमिल्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको भूमिकामा कुनै पनि विवाद र द्वन्द्वको छायाँ नपरोस् भन्ने चाहनाले संस्था बन्न गर्न खोजिएको तर्क ट्रम्पको छ ।

तर न्यूयोर्कका महान्यायाधिवक्ताले भने ट्रम्पको संस्थामा गलत कार्य भएको आशंका गर्दै आएका छन् । ट्रम्पले उक्त आशंका अस्वीकार गरेका छन् ।

संस्थाले फ्लोरिडाकी महान्यायाधिवक्तालाई रकम दिएको सम्बन्धमा छानबीन चलिरहेको छ ।

ट्रम्पले आफ्नो संस्थाले असंख्य राम्रो कामका लागि वर्षौंदेखि लाखौं डलर खर्चेको उल्लेख गरेका छन् ।

दि डोनाल्ड जे ट्रम्प फाउण्डेशन निजी परोपकारी संस्था हो । दि आर्ट अफ डिल नामक पुस्तकको बिक्रीबाट आएको रकमबाट ट्रम्पले सन् १९८७ मा यो संस्था स्थापना गरेका थिए । (एजेन्सी)