Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


काठमाडौंमा बर्डफ्लु: आसपास क्षेत्रमा उच्च सतर्कता


0
Shares

काठमाडौं, चैत ५ । काठमाडौंका केही कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ ।

बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

बर्डफ्लुबाट कुखुरा मर्नेक्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा. जयप्रकाशराय यादवले बताए ।

उनकाअनुसार तारकेश्वर नगरपालिका वडा नम्बर–७, फुटुङको प्रभावित स्थानका तीन किमि क्षेत्रभित्र रहेका प्रत्येक फार्मको कुखुराको लक्षण जाँच गरेर जनचेतनामूलक कार्यक्रम सन्चालन गरी चल्ला, अन्डा, दानालगायत वस्तुमा केही दिन रोक लगाइने प्रमुख यादवले बताए ।

त्यस्तै, स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई दुई समूहमा परिचालन गरी स्थानीयवासीलाई जनचेतनामूलक कार्यक्रम गरी उनीहरुमा चेतना अभिवृद्धि गर्ने कार्य सन्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुुख अरुणकुमार गिरीले बताए ।

बर्डफ्लुबाट तारकेश्वर–७ का श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्मका २८ हजार र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका ८ हजार कुखुरा नस्ट गरिएको थियो ।

आसपासका अन्य फार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेपछि परीक्षणका लागि पशु स्वास्थ्य कार्यालय पठाइएको छ ।

कृषकलाई जैविक सुरक्षामा ध्यान दिनपनि आग्रह गरिएको छ । रासस