२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


वेपत्ता रुसी सैन्य विमान दुर्घटना भएको पुष्टी, उद्दार टोली परिचालन


0
Shares

उडेको २० मिनेटमै राडारबाट सम्पर्कविहीन उक्त विमान ब्ल्याक सी मा दुर्घटनामा परेको रुसी अधिकारीहरुले जनाएका हुन् ।

रुसी रक्षा मन्त्रीका अनुसार मस्कोबाट उडेको उक्त विमान सोची शहरको एडलर विमानस्थलमा तेल भर्नका लागि रोकिएको थियो ।

त्यहाँबाट तेल भरेर उडेको टियु–१५४ विमानमा रहेका ९१ जनामा सैनिक, सैन्य ब्याण्डका मानिस र नौं जना पत्रकार भएको रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले जानकारी दिए ।

सिरियाको लटाकिए प्रान्तका लागि उडेको उक्त विमानमा रहेका उनीहरु सिरियामा खटिएका सैनिकलाई नयाँ वर्षको मनोरञ्जन दिन जाँदै थिए ।

खोज र उद्दारका लागि ठूलो संख्यामा उद्दार टोली परिचालन गरिएको रुसी सरकारले जनाएको छ ।(एजेन्सी)