Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


पृथ्वीनारायण शाहको सम्मानमा पुस २७ गते सरकारी विदा दिनुपर्छः मन्त्री केसी


0
Shares

प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाटमा मन्त्री केसीले पूर्व राजा पृथ्वीनारायण शाहले देशलाई एकीकृत गरेकाले उनको सम्मानका लागि पनि पुस २७ गते राष्ट्रिय विदा दिने तयारी भएको दावी गरे ।

विदा दिने विषयमा मन्त्रिपरिषदले निर्णय लिने जानकारी दिए । मन्त्री केसीले ठूला तीन दल र मधेसी मोर्चा एकै ठाउँमा उभिएर अहिलेको समस्याको निकास निकाल्नुपर्ने पनि बताए ।

संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनुको विकल्प छैन उनले बताए ।

मन्त्री केसीले पूर्व राजा ज्ञानेन्द्र पनि यो देशको नागरिक भएकाले बोल्न, हिड्न र डुल्न पाउने अधिकार रहेकाले सानातीना कुरामा ठूला टिप्पणी जरुरत नरहेको बताए ।