३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


मुकुन्द्रद्वारा राष्ट्रिय खेलकुदमा ह्याट्रिक


0
Shares

उनले विराटनगरस्थित सहिद रंगशालामा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराँतेतर्फ ६७ केजी तौलमा स्वर्ण हात पार्दै पर्शुराम बास्तोलासँग आफूलाई बराबरीमा उभ्याएका छन् ।

मुकुन्द्रले पाँचौ, छैटौं र सातौं राष्ट्रिय खेलकुदमा लगातार स्वर्णपदक जित्न सफल भएका हुन् ।

यस स्पर्धामा सुदूरपश्चिमका मो.शेखु आलमले रजत तथा नेपाल प्रहरीका भुपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्यपदक पाए ।

यस्तै, पुरुषको ८४ केजीमुनिको तौलमा नेपाल प्रहरीका दिवस श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तीमगरलाई पराजित गर्दै स्वर्णपदक जिते ।

तेस्रो स्थानमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भीमबहादुर तामाङ रहे ।

महिला ६८ केजी तौलमा सशस्त्र प्रहरीकी कल्पना बस्नेतले बाजी मारिन् । उनले आर्मीकी रिता कार्कीलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारिन् ।

मध्यमाञ्चलकी रोजिता रन्जित र पुलिसकी मनिता मोक्तानले कास्यपदक पाए ।

टेबलटेनिस
टेबलटेनिसतर्फको मिक्स डबलल्सको खेलमा नेपाल पुलिसका दीप साउन र नविता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ले पराजित गर्दै स्वर्णपदक कब्जा गरे ।

सोमबार विराटनगरमै भएको खेलमा सशस्त्र प्रहरीका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगर तथा आर्मीका कृष्ण थापामगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझाए ।