२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


कैलालीमा आपराधिक गतिविधिः सामाजिक सञ्जाल र पारिवारिक द्वन्द्व प्रमुख कारण


0
Shares

-बिराज रोस्यारा/ईमेज:

कैलाली, असार २३ । कैलालीमा पछिल्लो समय हत्याका घटना बढ्दै गएका छन् । सामान्य घरयासी विवाद र असन्तुष्टिले नै  हत्याको रुप लिएपछि  सुरक्षामा समेत चुनौति थपिँदै गएको छ ।

कैलालीमा पछिल्लो समय हत्याका घटनामा अस्वाभाविक वृद्धि भइरहेको छ । दिनप्रतिदिन हुने अपराधले यहाँको वातावरण झन असुरक्षित बन्दै गएको छ ।

अपराधिलाई सजाय पनि भइरहेको छ तर पनि घटना बढिरहेकै छन् । जसले अपराध नियन्त्रण गर्न प्रहरीलाई समेत चुनौती भइरहेको छ ।

गत अािर्थक वर्षमा २३ जना हत्या भएको कैलालीमा  चालु  आर्थिक वर्षमा २४ जनाको हत्या भइसकेको छ ।

जसमा आषाढ महिनामा मात्रै ३ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ ।

यहीं असार ८ गते कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १०  ओलानीकी २२ वर्षीया लक्ष्मी बडैलाले प्रेमसँग मिलेर श्रीमानको गरिन् जसमा पारिवारिक खट्पट मुख्य कारण थियो ।

त्यसको केही दिनपछि गत १७ गते गौरीगंगा नगरपालिमा बलात्कारपछि एक किशोरिको हत्या भयोे ।

यी दुई घटना सेलाउन नपाउँदै बुधबार राति कैलालीको लम्की चुहा नगरपालिका ९ प्रतापुरमा धारिलो हतियार प्रहार गरी इन्द्र चौधरीले आफ्नै श्रीमती गर्भी चौधरीको हत्या गरेका छन् ।

बुधबार राति दुवैजनाले मदिरा सेवन गरेको र त्यसपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको इन्द्रले स्विाकार गरेका छन ।

बदलिंदो सामाजिक परिस्थिति, बढ्दो सामाजिक सञ्जालको प्रयोगलगायत सामाजिक साँस्कृतिक र मनोवैज्ञानिक कारणले यस्ता घटना भइरहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेको धारणा छ ।

कैलालीमा भइरहेका यी घटना त केही प्रतिनिधिमात्रै हुन् । सामान्य विवाद र असन्तुष्टिले नै हत्याको रुप लिनुले जिल्लामा आपराधिक गतिविधिको त्रास बढ्दै गइरहेको छ ।