३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


चेल्सीलाई लगातार १२ औं जित, म्यानचेस्टर सिटी दोस्रो स्थानमा


0
Shares

सोमबार राति भएको खेलमा बर्नमाउथलाई ३-० ले हराउँदै चेल्सीले लगातार १२ औं जितको क्लब कीर्तिमान बनाएको हो ।

खेलमा चेल्सीलाई विजयी गराउन पेड्रोले दुई गोल गरे भने एडिन हाजार्डले एक गोल थपे । जितसँगै चेल्सीले अंक तालिकाको अग्रतालाई झनै फराकिलो पारेको छ ।

प्रिमियर लिगअन्तर्गत राति भएको अर्को खेलमा आर्सनलले वेष्ट ब्रोमलाई १-० ले हराउँदा म्यानचेस्टर युनाईटेडले सण्डरल्याण्डलाई ३÷१ ले पाखा लगायो ।

यसैगरी म्यान्चेस्टर सिटीले हल सिटीलाई ३-० ले हराउँदा एभर्टनले लेष्टर सिटीलाई २-० ले पराजित गर्‍यो ।

वेष्ट ह्याम युनाईटेडले स्वान्सी सिटीलाई ४-१ ले पराजित गर्दा बर्न्लेले मिडिल्सब्रोमाथि १-० को जित निकालेको छ । त्यसैगरी वाट्फोर्ड र क्रिष्टल प्यालेसले १-१ गोलको बराबरी खेलेका छन् ।

सोमबार रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ४६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

समान खेलबाट ३९ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको लिभरपुल ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ । लिभरपुलले आज राति स्टोक सिटीसँग खेल्नेछ ।