Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


बल्ल बन्यो कांग्रेसको अनुशासन समितिः नेतृत्वमा चुनिए भीष्मराज आङ्दम्वे


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङ्दम्वेको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो साँझ बसेको केन्द्रीय समिति बैठकले आङ्दम्वेको नेतृत्वमा अनुशासन समिति गठन गरेको हो ।

समितिको सदस्यमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल छन् । समितिमा बाँकी दुई सदस्य थप हुने बताइएको छ ।

शीर्ष नेताहरुबीचको सहमतिबाटै अनुशासन समिति गठन गरिएको हो ।

अनुशासन समिति सहमति जुटे पनि निर्वाचन समिति तथा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका विषयमा भने अझै नेताहरुबीच सहमति जुट्न सकेको छैन । 

निर्वाचन समिति र नेविसंघको तदर्थ समितिमा सहमति जुटाउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाबीच हिजो छुट्टै छलफल भएको थियो । कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।