
सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सिरहानजिकैको मैदानमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवले सिटी बजाएर उद्घाटन गरिन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नेत्री यादवले खेलकुदले हिमाल, पहाड र तराईलाई एउटै मालामा गाँस्ने काम गरेकाले यसको प्रबद्र्धन गर्नुपर्ने बताइन् ।
यसैबीच, प्रतियोगिताको पहिलो दिन मंगलबार भएको ५७ केजी तौल समूहको प्रतियोगितामा सुदूरपश्चिमाञ्चलका भुवन चन्दले त्रिभुवन आर्मी क्लबका छविलाल खड्कालाई तथा पूर्वाञ्चलका अमरेशकुमार यादवले मध्यपश्चिमाञ्चलका सोमन राउतलाई तथा नेपाल पुलिसका भागवत शाहले पश्चिमाञ्चलका शिवकुमार यादवलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्