
सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै र ट्यारिफ घटाउन थालेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवाका उपभोक्ताको संख्या पनि बढेको छ ।
यो सेवाले विदेश जाँदा पनि स्वदेशमा नियमित सम्पर्क गर्न सहज हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन् ।
व्यक्तिगत वा व्यावसायिक
कामले विदेश गइरहने प्रयोगकर्ताले अहिले मोबाइलमा सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्था छैन । अन्तर्राष्ट्रिय रोमिङले नेपालकै सिम प्रयोग गरेर विदेशबाट नियमित सम्पर्क गर्न सहज भएको मुरारकाको भनाइ छ ।
‘यसले विदेशमा गएर सिमकार्ड किनिरहनुपर्ने र नयाँ नम्बरबाट नेपालमा सम्पर्क गर्नुपर्ने बाध्यता हटेको छ,’ उनले भने । छोटो समय विदेश रहँदा उपयुक्त कामविशेष वा भ्रमण गर्न छोटो समयका लागि विदेश जाने जोसुकैले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन उपयुक्त हुन्छ ।
यसका लागि सम्बन्धित कम्पनीमा गएर अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनुपर्छ । कम्पनीअनुसार सर्त र नियम फरक–फरक हुन्छन् । अन्तर्राष्ट्रिय रोमिङ सेवा अत्यधिक खर्चिलो हुन्छ ।
नेपालबाट भारतमा फोन गर्दा सरदर प्रतिमिनेट ४ रुपैयाँ लाग्छ । तर, रोमिङ सेवा लिएर भारतमा गई फोन उठाउँदा प्रतिमिनेट २ सय रुपैयाँसम्म लाग्छ ।
यस्तो मूल्य विभिन्न कम्पनी र तिनका प्याकेजअनुसार फरक–फरक हुन्छन् । खर्चिलो हुने भएकै कारण उच्च आय भएका व्यक्तिले मात्रै अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने गरेको सेवा प्रदायकले जनाएका छन् ।
-नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्