मेलम्ची खानेपानीको सुरुङ निर्माणमा आज ‘ब्रेक थ्रु’ « Image Khabar


मेलम्ची खानेपानीको सुरुङ निर्माणमा आज ‘ब्रेक थ्रु’


Imagekhabar
१३ पुष २०७३, बुधबार ११:५८

सिन्धुबाट खन्दै आएको सुरुङ र सुन्दरीजलबाट खन्दै गएको सुरुङमध्ये ९ दशमलव ४ किलोमिटरको सुरुङ आज जोडिने आयोजनाका इन्जिनियर बर्मालाल राजभण्डारीले जानकारी दिए ।

दुवैतर्फको सुरुङ जोडिन १ दशमलव ९ मिटर मात्र बाँकी रहेकाले आजै केही समयपछि जोडिने छ ।

मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरूङमा अब साँढे ५ किलोमिटर खन्न बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

सिन्धुदेखि ग्यालथुमसम्मको २ दशमलव ८ किलोमिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको २ दशमलब ७ किलोमिटर सुरूङ खन्न बाँकी रहेको राजभण्डारीले बताए ।

बाँकी साँढे ५ किलोमिटर सुरुङ आगामी ७ महिनाभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता निर्माण कम्पनीले गरेको आयोजनाले जनाएको छ । मेलम्चीको पानी आगामी असोजसम्म राजधानीमा झार्ने योजना सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्