सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी « Image Khabar


सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी


Imagekhabar
१३ पुष २०७३, बुधबार १४:१४

विज्ञान तथा प्रविधि र इन्जिनियङ संकायमा ल्याब स्थापनाको माग गर्दै विद्यार्थीहरुले विश्वविद्यालयको मुख्यगेटमै तालाबन्दी गरिदिएका हुन् ।

उनीहरुले कार्यालयमा धर्ना दिँदै विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् । विद्यार्थीको तालाबन्दीपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको छ ।

यसैबीच, कार्यालयमा तालाबन्दी गरिएपनि उपकुलति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्ट काठमाडौं गएका छन् ।

समस्या समाधान नगरी जिम्मेवार व्यक्तिहरु बाहिरिएपछि आफूहरुको भविष्य नै अन्योलमा परेको गुनासो विद्यार्थीहरुले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्