Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


‘२९ हजार ३०४ टन रासायनिक मल अपुग हुने’


0
Shares

व्यवस्थापिका–संसदको कृषि तथा जलस्रोत समितिको बुधबार बसेको बैठकमा कृषिसचिव डा. सुरोज पोखरेलले विभिन्न समस्याका कारण मागअनुसार मलको आपूर्ति बढाउन नसकेको स्वीकार्दै यो वर्ष २९ हजार ३०४ टन मल अपुग हुने बताए ।

उनले फागुनदेखि थप मल आपूर्ति हुने जानकारी दिए ।

नेपालमा वार्षिक ७ लाख टन मलको माग हुने गरेकोमा करिब ५ लाख टनको हाराहारीमामात्र आपूर्ति भएकाले मलको अभाव हुने देखिएको सचिव पोखरेलको भनाइ थियो ।