
फाइल फोटो
सिन्धुबाट खन्दै आएको सुरुङ र सुन्दरीजलबाट खन्दै गएको सुरुङमध्ये ९ दशमलव ४ किलोमिटरको सुरुङ बुधबार एक ठाउँमा जोडिएको आयोजनाका इन्जिनियर बर्मालाल राजभण्डारीले जानकारी दिए ।
मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरूङमा अब साढे ५ किलोमिटर सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
सिन्धुदेखि ग्यालथुमसम्मको २ दशमलव ८ किलोमिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको २ दशमलव ७ किलोमिटर सुरूङ खन्न बाँकी रहेको राजभण्डारीले बताए ।
बाँकी रहेको साढे ५ किलोमिटरको सुरुङ आगामी ७ महिनाभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता निर्माण कम्पनीले गरेको आयोजनाले जनाएको छ ।
मेलम्ची पानी आगामी असोजसम्म राजधानीमा झार्ने योजना सरकारको छ ।
प्रतिक्रिया दिनुहोस्