१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


आज स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मजयन्ती मनाईंदै


0
Shares

२००२ साल पुस १४ गते जन्मिएका शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो ।

तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।

तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए ।

त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।