२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सिन्धुली घुम्न पर्यटकलाई हेलिकोप्टरमा सयर


0
Shares

आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पुस ७ गतेदेखि शुरु भएको महोत्सवमा पर्यटकलाई मनोरन्जन दिलाउन हेलिकोप्टरबाट दृश्यावलोकन गराउन थालिएको हो ।

सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा हेलिकोप्टरको व्यवस्था गरी ऐतिहासिक सिन्धुलीगढी, पौवागढी, शिद्धबाबा, कमलामाईस्थानलगायतका स्थानको दृश्यावलोकन गराइएको हो ।

हेलिकोप्टरबाट पुस १८ गतेसम्म दैनिक ५ देखि १० वटा उडान गरी दर्शकलाई मनोरन्जन दिइने उद्योग वाणिज्य संघले जनाएको छ ।