मन्त्रिपरिषद बैठकः इन्जिनियरलाई ७५ प्रतिशत भत्ता, रविन्द्र भए महासेनानी « Image Khabar


मन्त्रिपरिषद बैठकः इन्जिनियरलाई ७५ प्रतिशत भत्ता, रविन्द्र भए महासेनानी


Imagekhabar
१४ पुष २०७३, बिहीबार १२:०४

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सदरमुकाममा खटिनेलाई ५० प्रतिशत र सदरमुकामबाहिर ग्रामीण क्षेत्रमा खटिनेलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले भूकम्पबाट क्षति भएको माथिल्लो त्रिशुली आयोजनाको पुनर्निर्माण र सरसफाई गर्न ६१ करोड १८ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

पोखराको खानेपानी सुधार गर्न पोखरा खानेपानी सुधार आयोजनालाई ४ अर्ब ४३ करोड रुपैयाँ अनुदान दिने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

बैठकले एसियाली विकास बैंकले प्राविधिक शिक्षामा खर्च गर्न दिने भनिएको २ अर्ब १२ करोड रुपैयाँ सहयोग स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली सेनाका प्रमुख सेनानी रविन्द्र केसीलाई महासेनानीमा बढुवा गरेको छ भने प्रेस काउन्सिलको रिक्त सदस्यमा नवलकिशोर यादव र संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्