काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति केन्द्रित गर्न खोजेको आरोप लगाएका छन् ।
डा.भट्टराईले प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने व्यवस्थाले ‘सैन्य कु’ को खतरा निम्त्याउन सक्ने पनि बताए ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको दिशाहीन र अधिनायकवाद भएको बताए ।
भट्टराईले सरकारको सिके राउतसँगको सम्झौता, विप्लव समुहमाथिको प्रतिबन्ध र टिकापुर घटनाका दोषीलाई सजाय गर्नुमा कुनै तालमेल र स्पष्टता नरहेको बताए ।
सरकारको नीति तथा कार्यशैलीमा प्रधानमन्त्रीको व्यक्तिगत महत्वाकांक्षा झल्किएको उनले धारणा व्यक्त गरे ।
सरकारले भष्ट्राचार मौलाउने खालका विधेयक ल्याएको बताउँदै उनले ठूला परियोजनाहरु बिना प्रतिस्पर्धा सिधै सम्झौता गर्न सक्ने जस्ता प्रावधानले भष्टाचार बढाउने धारणा व्यक्त गरे ।
आफ्नो पार्टी आमाको नामबाट सन्तानले निःशर्त नागरिकता पाउने प्रावधानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक भट्टराईले अंश, वंश, वैवाहिक सम्बन्ध, पारपाचुके, वैदेशिक वैवाहिक जीवन र अङ्गीकृत नागरिकतालगायत विषयमा महिला र पुरुषको समान अधिकार रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्