२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


सेयर बजारमा ३० अंकको बृद्धि


0
Shares

अघिल्लो दिन सामान्य अंकलेमात्र सकारात्मक रहेको बजारमा यसदिन उत्साहजनक सुधार आयो । नेप्से १४ सय ४३ पुग्यो ।

कारोबार भएका सबै समूह उकालो लागे । बीमा समूह सबैभन्दा उच्च २ सय ८६ अंकले उकालो लाग्यो । होटल समूह ५५ अंकले बढ्यो । वाणिज्य बैंक समूहमा २८ अंकको बृद्धि भयो । वित्त, विकास बैंक र जलविद्युत् समूह पनि दोहोरो अंकले बढे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २६ कम्पनीको १० लाख कित्ता सेयर ५६ करोड ६५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।