२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


नेपाल-चीन सैन्य तालिम हुने, मिति टुङ्गो लागेन


0
Shares

काठमाडौं, पुस १५ । दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उदेश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम हुने भएको छ । उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे घोषणा गरेको हो

चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमती प्राप्त भइसकेको स्रोतले बतायो ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए ।

तर सैन्य तालिम कहिले हुने भन्ने यकिन मिति खुलाएनन् । ‘सैन्य तालिमको यकिन मिति उपयुक्त समयमा घोषणा गरिनेछ’, प्रवक्रा युजुनले भने । चीन र नेपाल बीच सैन्य क्षेत्रमा हालैका बर्षमा विभिन्न स्वरुपमा सम्पर्क भइरहेको बताए ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट