‘नेपाली समाजलाई विखन्डनतर्फ लैजाने उद्देश्यले संशोधन प्रस्ताव ल्याइयो’ « Image Khabar


‘नेपाली समाजलाई विखन्डनतर्फ लैजाने उद्देश्यले संशोधन प्रस्ताव ल्याइयो’


Imagekhabar
१५ पुष २०७३, शुक्रबार १४:३९

                                                                                                फाइल फोटो
प्रेस चौतारी नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भौगोलिक विविधताका बाबजुद् पनि मिलेर बसेका नेपाली समाजलाई विखन्डनतर्फ लैजाने उद्देश्यले ल्याइएको सो प्रस्तावविरुद्ध नेकपा एमालेको नेतृत्वमा विभिन्न ९ दलले यही पुस २२ गते सभा गर्न लागेको जानकारी दिए ।

पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले ९ दलले देश र जनताको स्वतन्त्रता र स्वाभिमानको पक्षमा लडाइँ सुरु गरेकाले त्यस्तो अभियानलाई प्रेसले निष्पक्षरुपमा साथ दिनुपर्नेमा जोड दिए ।

सोही विभागका सचिव विष्णु रिजालले ९ दलले संयुक्तरुपमा गर्न लागेको सभा तथा आन्दोलनले मुलुकलाई विखन्डन गर्न चाहने स्वदेशी तथा विदेशी तत्वलाई ठूलो शिक्षा हुने विचार व्यक्त गरे ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मुलुकमा विद्यमान समस्याको निकासका लागि विभिन्न नेता तथा नागरिक समाजका प्रतिनिधिसँग काठमाडौं उपत्यकामा शनिबारदेखि बिहीबारसम्म छलफल तथा अन्तक्र्रिया गरिने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्