संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुन नदिने मोर्चाको निर्णय

दुईदिने बैठकपछि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी मोर्चाका नेताहरुले परिर्माजनसहित संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनै पनि तहको चुनाव हुन नदिने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नगरी चुनावमा जाने तयारी भए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
मोर्चाले परिर्माजनसहित संविधान संशोधन प्रस्ताव पारित गर्न दबाब दिने उद्देश्यले पुस १८ गते जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने जनाएको छ ।