१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


आर्मीलाई हराउँदै पुरुष फुटबलको स्वर्ण सशस्त्रले जित्यो


0
Shares

शुक्रबार धरान रंगशालामा भएको पुरुष फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीले बाजी मारेको हो ।

पहिलोपटक राष्ट्रिय प्रतियोगितामा पहिलो भएको सशस्त्रले फाइनलमा आर्मीलाई २–० ले हरायो ।

सशस्त्रका लागि दुबै गोल अन्जन विष्टले गरे । दुबै गोल मध्यान्तरअघि नै भएका थिए ।

उपाधिसँगै सशस्त्रले स्वर्णपदक तथा उपविजेता आर्मीले रजत जित्दा नेपाल पुलिस क्लबले तेस्रो हुँदै कास्यपदक जितेको छ ।